भारतको उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव र पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भूभागमा चिसो बढेको छ।
हुम्ला र जुम्ला लगायत पश्चिमी क्षेत्रका उच्च पहाडी भूभागमा आइतबार रातिदेखि नै हिमपात भइरहेको छ।
मौसमविद् सरोज पुडासैनीका अनुसार रूकुम पूर्वमा १.६ मिलिमिटर वर्षा भएको छ। चौरजहारी क्षेत्रमा पनि हल्का वर्षा भएको छ।
लुम्बिनी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षा र उच्च पहाडी भूभागमा हिमपात भइरहेको मौसमविद् पुडासैनीले बताए।
आज जुम्लाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस मापन भएको छ। चिसोका कारण पश्चिम नेपालका जनजीवन प्रभावित बनेका छन्।

काठमाडौंमा पनि तुलनात्मक रूपमा आज बढी चिसो महशुस गरिएको छ।
मौसमविद् पुडासैनीले पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा चिसो बढेको बताए। आज काठमाडौंको न्यूनतम तापक्रम ७.७ डिग्री मापन भएको छ। दिउँसो १८ देखि २० डिग्रीको वरिपरी रहनेछ।
आज दिनभरजसो मौसम बदली रहने उनले बताए। भोलिदेखि भने मौसममा सुधार आउने पुडासैनीले जानकारी दिए।

-1701670772.jpg?timestamp=1701670774017)
सबै तस्बिरः रासस