लुम्बिनी प्रदेशका चार जिल्लामा पोषण सुधार कार्यक्रम सञ्चालनमा आएको छ। हेलेन केयर इन्टरनेशनलको सहयोगमा एकीकृत पोषण कार्यक्रम सुरु भएको हो।
पहिलो चरणमा प्रदेशका चार जिल्ला दाङ, रुपन्देही, कपिलवस्तु र नवलपरासी एकिकृत पोषण कार्यक्रम सञ्चालन हुन लागेको हो। यसबारे बुधवार भालुवाङमा सरोकारवालाहरुसंग अन्तरक्रिया तथा छलफल समेत गरिएको छ।
लुम्बिनीमा १६ दशमलन २ प्रतिशतमा कुपोषण भएको तथ्यांक छ। यसलाई आधार बनाएर कुपोषण न्यूनीकरण गर्न र प्रदेशमा कुपोषणको सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत अमर बहादुर वलीले बताए।
उनले पहिलो चरणमा प्रदेशका चार जिल्ला दाङ, रुपन्देही, कपिलबस्तु र नवलपरासी एकिकृत पोषण कार्यक्रम सञ्चालन भएको जानकारी दिए।
प्रदेशको कुपोषण दर घटाउने गरी कार्यक्रम हुने संयोजक राज मण्डलले बताए।
लुम्बिनीका चार जिल्लामा कुपोषित वालवालिका धेरै भएको हुदा बालबालिका र महिलाहरुको पोषणको क्षेत्रमा कार्यक्रम केन्द्रित गरिने छ। कुपोषणरहित प्रदेश बनाउने कार्यक्रमको मुख्य उद्धेश्य रहेको उनले बताए।