विराटनगरको कवाडी गोदाममा बुधबार आगलागी हुँदा पाँच जना घाइते भएका छन्।
विराटनगरको सात घुम्ती चोकमा रहेको कवाडी गोदाममा एक्कासी आगलागी भएपछि अहिले आगो निभाउने प्रयास भइरहेको छ।
आगलागीमा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
डिएसपी रन्जन दाहालका अनुसार घटनामा घाइते भएका चार जनालाई न्यूरो अस्पतालमा र एक जनालाई कोशी अस्पतालमा उपचाररार्थ लगिएको छ। घाइतेहरूको विवरण खुलिनसकेको प्रहरीले जानकारी दिए।
उनका अनुसार विराटनगर महानगरका २ वटा दमकल, सुन्दरहरैँचा नगरपालिकाको १ वटा र दुहबी नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ। दाहालका अनुसार आगो अझै पूरै नियन्त्रणमा आइसकेको छैन।