सूचना आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पेस भएको छ।
बिहीबार आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरूङले प्रधानमन्त्री प्रचण्डसमक्ष आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन बुझाएका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर आयुक्त गुरूङले प्रतिवेदन पेस गरेका हुन्।