काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवस सैनिक मञ्च टुँडिखेलमा मनाउने भएको छ।
शुक्रबार बसेको २५ औं नगर कार्यपालिका बैठकमा महानगरका मेयर बालेन शाहले मंसिर २९ गते महानगर दिवस सैनिक मञ्च टुँडिखेलमा मनाउन निर्णय भएको बताए।
उनका अनुसार विगतका वर्षमा महानगर दिवस बसन्तपुरको डबलीमा मनाइँदै आइएको थियो।
'विगतमा वर्षमा बसन्तपुर डबलीमा मनाउँदै आएका थियौं,' उनले भने, 'त्यहाँ नो भेहिकल जोन र स्पिकर भएका कार्यक्रम समेत गर्न निषेध गरिएपछि महानगरले आफ्नो कार्यक्रम त्यहाँ गर्न उचित देखिएन।'
सोही अनुरूप तयारी गर्न मेयर बालेन शाहले कार्यपालिका बैठकमा आग्रह गरेका छन्।