बैतडीमा एक महिलाको हत्या भएको छ।
मंगलबार दिउँसो सुर्नया गाउँपालिका–३ की अन्दाजी ५६ वर्षीया हरिना विष्टको हत्या भएको प्रहरीले जनाएको हो।
उनको सोही ठाउँका अन्दाजी २९ वर्षीय तेजबहादुर चन्दले धारिलो हतियार टाउकोमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
उनका अनुसार चन्दले मृतक हरिनाको गोठमा रहेका दुई वटा बाख्रा पनि मारेका छन्।
घटना भएको एक घण्टापछि चन्दलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान गर्ने काम भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए।
सो ठाउँका स्थानीयका अनुसार हत्या गर्ने चन्दको मानसिक अवस्था ठीक नभएको बुझिएको छ।