गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) र एक महानिर्देशकको सरूवा गरेको छ। ८ जना सहसचिवको भने पदस्थापना गरेको छ।
शुक्रबार गृह मन्त्रालयले सूची निकाल्दै सिडिओ, महानिर्देशक र सहसचिवको पदस्थापना तथा सरूवा भएको जानकारी दिएको हो।
जिल्ला प्रशासन पाल्पामा कार्यरत सिडिओ बन्धुप्रसाद बास्तोला झापा, कपिलवस्तुका शंकरहरी आचार्य सुर्खेत, सुर्खेतका नारायण प्रसाद सापकोटा भोजपुर, भोजपुरका हरिप्रसाद घिमिरे उदयपुर र उदयपुरका जनार्दन गौतम तनहुँमा सरूवा भएका छन्।
गृह मन्त्रालयमा कार्यरत सहसचिव आनन्द काफ्लेको जिल्ला प्रशासन कार्यालय पाल्पामा पदस्थापना भएको छ।
यस्तै, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्य जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सरूवा भएका छन्।
हेर्नुहोस कसको सरूवा कहाँ भयो?

