धादिङको गजुरीमा दुईटा गाडी आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
गएराति ११:५० बजे काठमाडौंबाट पोखरा जाँदै गरेको बा.प्र ०१-०२६ च ५५२९ नम्बरको बोलेरो र विपरीत काठमाडौं आउँदै गरेको बा.प्र ०१-०१८ च ३८३५ नम्बरको बोलेरो धादिङको गजुरी गाउँपालिका-१ चालिसेमा आपसमा ठोक्किएको थियो।
दुर्घटनामा काठमाडौं आउँदै गरेको गाडीका चालक धादिङको नीलकण्ठ नगरपालिका-१२ का २५ वर्षीय सुजन घिमिरे, सोही गाडीमा सवार २२ वर्षीय राम प्रसाद घिमिरे र अर्का चालक दोलखाको तामाकोशी गाउँपालिका -३का ३९ वर्षीय दिप बहादुर महत घाइते भएको प्रहरीले जनाएको छ।
घाइते तीनै जनालाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ।