काठमाडौं महानगरपालिकाले बसन्तपुरस्थित काष्ठमण्डप क्षेत्रमा फूलका गमला राखेर सौन्दर्यीकरण गरिरहेको छ।
आइतबार हनुमान ढोका दरबार संरक्षण कार्यक्रम, वडा कार्यालय, शार्दुलजंग गुल्म, स्थानीयबासीको सहभागितामा स्ट्याण्डसहित फूलको गमला राखेको वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए।
उनका अनुसार २९ औं महानगर दिवसको अवसर पारेर फूलका गमला राख्ने काम गरिएको हो।
‘सम्पदा क्षेत्रमा सवारी प्रवेश गरेपछि सामाजिक सांस्कृतिक कार्यक्रममा असर परिरहेको छ,' उनले भने, 'यो असर रोक्ने अभिप्रायले काम थालिएको हो। स्ट्याण्ड राखिएका ठाउँबाट सवारी साधन भित्र प्रवेश नगरून् भनेर एक अर्कालाई फलामे साङ्लाले जोडिएको छ।’
यस्तै, परिसरमा १२ वटा फलामे स्ट्याण्डमा ४८ वटा फूलसहितका गमला राखिएको महानगरले बताएको छ। दरबार संरक्षण कार्यक्रमको सहयोगमा शार्दुलजंग गुल्मले यसको व्यवस्थापन गरेको हो।
यसअघि बसन्तपुर जुद्धशालिक अगाडि कुमारी घरतर्फ र झोछेँ क्षेत्रमा करिब १२० वटा फूलसहितका गमला राखिएका छन्।
-1702810120.jpg?timestamp=1702810226361)
-1702810141.jpg?timestamp=1702810226361)
-1702810120.jpg?timestamp=1702810226361)