धादिङमा सुख्खा पहिरो खसेपछि दुईतर्फी बाटो अवरूद्ध भएको छ।
मंगलबार अपराह्नमा बेनिघाट रोराङ गाउँपालिका-९ लालटिन बजारस्थित पृथ्वी लोकमार्गमा सुख्खा पहिरो खसेको प्रहरीले जनाएको छ।
पहिरो खसेपछि दुईतर्फी बाटो बन्द भएको छ।
अवरूद्ध भएको बाटो खुलाउन जेसिबीसहित प्रहरीको टोली खटिएको छ।