कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका–१ स्थित जंगल रिसोर्ट नजिकै मोटरसाइकल दुर्घटनामा परेको थियो।
सुदूरपश्चिम प्रदेश ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए।
बस्यालका अनुसार दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–२ विशाल चोकका अन्दाजी ३० वर्षीय भोजबहादुर शाहीको मृत्यु भएको हो।
उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा राति मृत्यु भएको हो। मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।