परीक्षार्थीले फोन गरेर उत्तर लेखेको पाइएपछि लोक सेवा आयोगले परीक्षार्थीलाई कारबाही गरेको छ।
आयोगले यही पुस ३ गते तीन जना उम्मेदवारलाई कारबाही गरेको हो।
काठमाडौंको पकनाजोलस्थित नेपाल युवक मावि परीक्षा केन्द्रका परीक्षार्थी दीपक नेपालीले मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको पाइएको आयोगको भनाइ छ। नेपालीले इन्जिनियरिङ सेवा, सर्भे समूहतर्फ अमिनको परीक्षा दिएका थिए।
परीक्षाको मर्यादाविपरीत दाहिने कानमा एयरफोन लगाएर मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको परीक्षार्थी नेपालीले स्वीकार गरेको आयोगको भनाइ छ।
साथै आयोगले खरिदार पदका लागि जलेश्वरस्थित सिम्वायोसिस एकेडेमी परीक्षा केन्द्रमा परीक्षा दिएका विनोदबाबु शर्मा नेपाललाई पनि कारबाही गरेको छ। उत्तरपुस्तिकामा सहयोगी लेखक र उम्मेदवार दुवैले लेखेको पाइएपछि उनलाई कारबाही गरिएको हो।
यस्तै महेन्द्रनगरस्थित जानकी कन्या मावि केन्द्रबाट खरिदारको परीक्षामा सहभागी दिवाकर सापकोटाले उत्तर पुस्तिकाको खाली पाना च्यातेको भन्दै आयोगले उनलाई पनि कारबाही गरेको छ।
यस्तो छ सूचना:
