दाङमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनाबाट गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका-११ कटाँहाका ६० वर्षीय गणेश बस्नेतको आइतबार बेलुका उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता इन्स्पेक्टर नवचन्द्र मल्लका अनुसार भारतबाट शव ल्याएर पोष्टमर्टमका लागि सोमबार बिहान तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।
तुलसीपुर बजारदेखि कटाँहास्थित गाउँ जाने क्रममा पुस २ गते दिउँसो पौने २ बजेतिर आफैले चलाएको रा ५ प २९५६ मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।
तुलसीपुर–कटाहा सडकखण्ड अन्तर्गत तुलसीपुर – १० गौरीगाउँको मोडमा बस्नेत दुर्घटनामा परेका थिए ।
बस्नेतलाई अकास्मात् प्रेसर बढेर स्वास्थ्य अवस्था बिग्रिएपछि उनले चलाएको मोटरसाइकल दुर्घटना भएको इन्स्पेक्टर मल्लले जानकारी दिए। ।