रेड कर्नर नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन्।
ठगी तथा संगठित अपराध मुद्दामा फरार रहेर इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको हो।
धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई पक्राउ गरेको हो।
उनी एनसिबी दोहा कतारको समन्वयमा पक्राउ गरी नेपाल फिर्ता ल्याइएको हो।