स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी डा. रवि मल्ललाई दिएको छ।
मन्त्री मोहनबहादुर बस्नेतले बुधबार डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन्।
‘डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो, मन्त्रालय आएर उहाँले पत्रसमेत लगिसक्नुभएको छ,’ मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले सेतोपाटीसँग भने।
डा. मल्ललाई केही समय केन्द्र हेर्ने गरी जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। कार्यकारी निर्देशकका लागि डा. मल्ल, डा. रामेश कोइराला र डा. अरूण मास्केलगायतको नाम चर्चामा छ।
कार्यकारी निर्देशक नतोकेसम्म डा. मल्लले केन्द्र सम्हाल्नेछन्।