रोटरी डिस्ट्रिक ३२९२, नेपाल-भुटानमा आबद्ध नेपालभरका प्रशिक्षकहरूलाई सिन्धुलीको मूलकोटमा प्रशिक्षण कार्यक्रम सुरू भएको छ।
नेपालका रोटरी क्लबमा आवद्ध प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजाना गरिएको रोटरी डिस्ट्रिक ३२९२ को प्रशिक्षण समितिका सहअध्यक्ष बिष्णुहरि दाहालले बताए।
शुक्रबार र शनिबार चल्ने कार्यक्रमका जयन्द्र रिमाल, लक्ष्मण ज्ञवाली, सन्जय गिरी, दिलेन्द्र राज श्रेष्ठ, जितेन्द्र बहादुर राजभण्डारी र सन्तोष रिजालले प्रशिक्षण दिनेछन्।
कार्यक्रमको प्यानलिस्ट राजेन्द्र प्रसाद ध्वजू, राजेन्द्र मान शेरचन र बिनोद कोइराला छन्।
प्रशिक्षण कार्यक्रममा विभिन्न क्लबका ७५ जना सहभागी छन्। कार्यक्रममा विष्णुहरि दाहाल, असोकमान कपाली र अशोक प्याकुरेलले कार्यक्रमको सहजीकरण गरेका छन्।
स्वार्थभन्दा माथि सेवा भन्ने भावका साथ सामाजिक सेवामा कार्यरत रोटरी अभियान नेपालमा सन् १९५९ मा सुरू भएको हो।
हाल रोटरी डिस्ट्रिक ३२९२ मा १५४ क्लबमा ५५४२ जना सदस्य आबद्ध छन्।