मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरू भएको छ।
दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक केही बेरअघि सुरू भएको हो।
बैठकले शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको विषयमा पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको निर्णय गर्ने बताइएको छ।
आज बिहान बालुवाटारमै प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका प्रमुखरहरूको बैठकले शुक्रबारको घटनाबारे विभिन्न निर्णय गरेको थियो।
मृतकका परिवारलाई १०/१० लाख दिनेदेखि प्रहरी अधिकारीको निलम्बन र कर्मचारीहरूको कारबाहीबारे निर्णय भएको थियो।
ती निर्णयहरूलाई आवश्कताअनुसार जारी मन्त्रिपरिषद्को बैठकले औपचारिकता दिनेछ।
-1703928059.jpg?timestamp=1703928075129)
-1703928059.jpg?timestamp=1703928075129)
-1703928058.jpg?timestamp=1703928075129)
सबै तस्बिरः प्रधानमन्त्रीको सचिवालय