काभ्रेमा पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ।
आइतबार दिउँसो २ बजे धुलिखेल नगरपालिका-६ इतोल घर भई भुम्लु गाउँपालिका-१० दोलालघाट बस्ने ५ वर्षीया रोजिना खड्गीको डुबेर मृत्यु भएको हो।
बुद्धरामकी छोरी रोजिना इन्द्रावति खोला नजिकै रहेको पोखरीमा अचेत अवस्थामा फेला परेकी थिइन्।
उक्त खबर पाएपछि प्रहरी चौकी दोलालघाटबाट खटिएको टोलीले बालिकालाई धुलिखेल अस्पताल पठाएको थियो। उद्धार गर्दा बालिकाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
उपचारको क्रममा साढे ३ बजे बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।