सिन्धुपाल्चोकमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
सुनकोशी गाउँपालिका-६ बस्ने २७ वर्षीय कृष्ण भण्डारी पक्राउ परेका हुन्।
उनलाई प्रहरी चौकी ठूलोपाखरबाट खटिएको टोलीले आइतबार साँझ पक्राउ गरेको हो।
भण्डारीले बालिकालाई घर नजिकै झाडीमा लगि जबरजस्ती करणी गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।