नेपाली सेनामा सहायक रथीबाट उपरथी दर्जामा पदोन्नती भएका पवनराज घिमिरे र चोकबहादुर ढकालले दर्ज्यानी चिन्ह पाएका छन्।
सोमबार प्रधान सेनापति प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच घिमिरे र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
दर्ज्यानी चिन्ह प्रदान गरी पदोन्नति भएसँगै उपरथी घिमिरे नेपाली सैनिक वार कलेजमा शिक्षाधिकृतको रूपमा नियुक्त भएका छन्।
उपरथी ढकाल सैनिक सचिव विभाग अतिरिक्त समूहमा नियुक्त भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
ढकाल अहिले लेबाननस्थित संयुक्त राष्ट्र अन्तरिम बल (युएनआइएफआइएल) मिशनमा डेप्युटी कमाण्डरको रूपमा कार्यरत छन्।
उनीहरूलाई सरकारको पुस १२ गतेको निर्णयअनुसार उपरथीमा पदोन्नति गरिएको थियो।
यस्तै जंगी अड्डाले महासेनानीहरू कमल बानिया, राजाराम बस्नेत, रोजप्रताप राणा, संजय देउजा, पुरन घले, राजेन्द्र श्रेष्ठ, नारायणबहादुर थापा, लेखा महासेनानी राजन अधिकारीलाई सहायक रथी दर्जामा पदोन्नति गरेको छ।
उनीहरूलाई पनि सोमबार नै प्रधान सेनापति शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
दर्ज्यानी चिन्ह प्रदान गर्दै उपरथी पवनराज घिमिरे।