जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा फरार भएका छन्।
बुधबार प्रहरी वृत्त महाराजगञ्जले ३२ वर्षीय कमल खड्कालाई अदालत लग्दा फरार भएको प्रहरी स्रोतले बतायो।
अहिले प्रहरी परिचालन गरी उनको खोजी भइरहेको छ। उनी ठगी मुद्दा प्रतिवादी हुन्।
उनी कसरी भागेको भन्ने प्रहरीले खुलाइसकेको छैन।