छोरीलाई यातना दिएको आरोपमा एक जना पुरूषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नपढेको भन्दै ४ वर्षीय छोरीलाई कुटपिट गरी यातना दिएको आरोपमा प्रहरीले २७ वर्षीय पुरूषलाई नियन्त्रणमा लिएको हो।
मकवानपुरका एसपी सीताराम रिजालका अनुसार महोत्तरी एकडारा गाउँपालिका-३ घर भई हेटौंडा उपमहानगरपालिका-५ बस्ने रामजी मण्डललाई शनिबार साँझ नियन्त्रणमा लिइएको हो।
उनले ४ वर्षीया छोरीलाई नपढेको भन्दै पेन्सिलले कानमा घोचिदिने, हात र कानमा टोकिदिएर घाउ बनाएको आरोप छ।
'बालिकामाथि यातना दिएको छिमेकीले देखेर प्रहरीलाई जानकारी गराएपछि हामीले उनलाई नियन्त्रणमा लिएका हौं,' एसपी रिजालले भने।
यसबारे अनुसन्धान भइरहेको उनले बताए।