जनकपुर बसपार्कबाट चोरी भएको बस धनुषाकै गोलबजारमा भेटिएको छ।
मंगलबार जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित बसपार्कमा पार्क गरी राखिएको ना ४ ख २३२७ नम्बरको बस गएराति गोलबजार स्थित मन्दिर छेउमा पार्क गरि राखिएको अवस्थामा भेटिएको धनुषाका डिएसपी रञ्जन आवाले जानकारी दिए।
बस धनी पिपरा गाउँपालिका-३ का कालिन्द्र मिश्रले सोमबार साँझ बस पार्क गरेर राखेका थिए ।
तर आज बेलुकी ४ बसपार्क पुग्दा बस नभेटेपछि बसधनीले जिरोमाइल प्रहरी चौकीमा उजुरी दिएका थिए।
प्रहरीले हिजै राति सो बसमा गोलबजारको मन्दिर छेउमा पार्क गरी राखेको अवस्थामा भेटिएपछि कसले त्यहाँ पुर्यायो भन्ने खोजी गरिरहेको डिएसपी आवाले जानकारी दिए।