दाङको भालुबाङनजिक पुलबाट राप्ती नदीमा बस खस्दा त्यसमा सवार १२ जनाको मृत्यु र २३ जना घाइते भएका छन्।
शुक्रबार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिकास्थित पुलबाट राप्ती नदीमा खसेको थियो।
बस सल्यान त्रिवेणी गाउँपालिका-४ का २८ वर्षीय लाल बहादुर नेपालीले हाँकेका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार चालक नेपालीले बस गुड्दागुड्दै पट्टा भाँच्चिएर चक्का नघुमेपछि अनियन्त्रित भएर नदीमा खसेको भनेका छन्। बस मानवीय त्रुटीका कारण दुर्घटना भयो कि प्राविधिक कमजोरीका कारण भन्नेबारे अनुसन्धान भइरहेको एसपी केसीले बताए।
सबै तस्बिर: नारायण खड्का
-1705130974.jpg)
-1705130973.jpg)
-1705130975.jpg)
-1705130975.jpg)
-1705130974.jpg)
-1705130976.jpg)