दाङको बस दुर्घटनामा परी नेपालगंजकी एक महिला उद्यमी कुसुम बस्नेतको निधन भएको छ ।
शुक्रबार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको रात्रिबस राप्ती गाउँपालिका-१ भालुवाङमा दुर्घटना परेको थियो।
सोही बसमा सवार रहेकी उनको पनि दुर्घटनामा परी मृत्यु भएको हो।
उनी नेपालगंज उद्योग वाणिज्य संघकी पूर्व कार्यसमिति सदस्यसमेत रहेकी बस्नेतसहित १२ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
नेपालगंजमा बस्नेको परिवारले लामो समयदेखि छापाखानासहितका अन्य व्यवसाय संचालन गर्दै आएको थियो ।
पूर्वअध्यक्ष बस्नेतको मृत्यु पछि शोक व्यक्त गर्दै नेपालगंजमा जारी लुम्बिनी प्रदेश स्तरीय महिला उद्यम प्रदर्शनी अन्तरगत शनिबारको सम्मान कार्यक्रम स्थगित गरिएको महिला उद्यमी महासंघकी लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले जानकारी दिइन।