गोरखाको गोरखनाथ मन्दिरदेखि भारतको गोरखनाथ मन्दिरसम्म खिचडी यात्रा सुरू गरिएको छ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखा दरबारनजिकै रहेको गोरखनाथ मन्दिरदेखि भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरसम्म खिचडी यात्रा सुरू गरिएको संयोजक होमसिं बस्न्यातले जानकारी दिए।
यो यात्रालाई 'खिचडी गौँ' यात्रा भनिएको छ।
धार्मिक पर्यटनको प्रचारप्रचार गर्न गोरखाको गोरखनाथ मन्दिरदेखि प्रसादका रूपमा खिचडी भारतको गोरखपुरस्थित गोरखनाथ मन्दिरमा लगिने भएको हो।
गोरखाबाट निस्किएको टोलीले गोरखपुरस्थित गोरखनाथ मन्दिर पुगेर उक्त प्रसाद (खिचडी) चढाएर फर्कनेछ।
गौ माता सेवा महासंघ गोरखाको आयोजनामा 'खिचडी गौँ' यात्रा आइतबार बिहान गोरखाबाट सुरू भएको हो।