समावेशी समाज निर्माणका लागि समानताका लागि आवाज नेपाल संस्थाले अन्तर्क्रिया गरेको छ।
लैङ्गिक भेदभाव र हिंसा निर्मुल गरी सहअस्तित्वबारे संस्थाले युवाहरूको उपस्थितिमा शनिबार कार्यक्रम गरेको हो।
कार्यक्रममा लैङ्गिक समानता र शान्तिपूर्ण सहअस्तित्वका बारेमा छलफल भएको थियो।
समर्पण एकेडमी धुम्बाराहीमा भएको कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, भारतको नयाँ दिल्लीस्थित जागारी संस्थाकी आभा भाइया लगायतको उपस्थित थियो।
नेपाल, टेवा, खेमओमी कल्याणकारी प्रतिष्ठानलगायत अन्य संस्थाको सहकार्यमा कार्यक्रम भएको हो। कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका युवाहरुको उपस्थित थियो।
समानता, स्वतन्त्रता र समावेशीकरण प्रमुख लक्ष्य रहेको समानताका लागि आवाजले विभिन्न विषयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति, मानसिक स्वास्थ्य सहायता र सीमान्तकृत वर्गलाई सशक्त बनाउने कार्य गर्दै आएको छ।
महिला विरुद्धको हिंसा अन्त्य गरौं भन्ने नाराका साथ सन् २०१२ मा सुरु भएको अभियानलाई महिलावादी नेतृ कमला भसिनले नेतृत्व गर्दै आएकी थिइन्।
सोही अभियानलाई अगाडि बढाउनको लागि नेपालमा रहेको समानताका लागि आवाज संस्थाले यस्ता कार्यक्रम गर्दै आएको छ।