ललितपुरको इमाडोलमा इनारमा एक जना महिला खसेकी छन्।
सोमबार बिहान पौने १० बजे इमाडोल कृष्णमन्दिर पछाडि एक जना महिला खसेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।
प्रहरीलाई बिहान ९:५० बजे उक्त घटनाबारे खबर भएको थियो। अहिले ती महिलाको उद्धार गर्ने काम भइरहेको छ।
प्रहरी प्रभाग इमाडोल र ललितपुरको महानगर प्रहरीको टोली पनि उद्धारका लागि खटिएको छ। प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीको टोली पनि घटनास्थल जाँदैछन्।
ती महिला कसरी खसेको भन्ने खुलिसकेको छैन। थप विवरण आउन बाँकी छ।