धनुषामा एक जना पुरूष मृत फेला परेका छन्।
सोमबार बिहान क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित गहुँ खेतमा एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन आवले जानकारी दिए।
मृतक महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी छन्। घटनास्थलमा उनकी श्रीमती अस्मिता सहनी पनि घाइते फेला परेकी छन्।
अस्मिताको उपचारको लागि जनकपुर प्रादेशिक अस्पतालमा पठाइएको छ।
उनीहरू दुबैको शरीरमा चोट देखिएको छ। डिएसपी आवका अनुसार गएराति उनीहरू बाइक लिएर हिँडेका थिए। मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।