राष्ट्रपति कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम गरी माघी पर्व मनाइएको छ।
कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरू सहित उच्च पदस्थ व्यक्तित्वहरू सहभागी थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायत संसदीय समितिका सभापतिहरू र स्वतन्त्र सांसदहरूको उपस्थिती रहेको थियो।
काठमाडौ बाहिर जाने कार्यक्रम भएकाले यश अगाडि नै शुभकामना आदनप्रदान गरेर फर्किएका थिए।
समारोहलाई सम्बोधन गर्दै रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताउँदै संघीय संसदमा रहेका दलहरूलाई संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन तत्काल बनाउन आग्रह गरे।
उनले संविधानले उत्पिडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएपनि व्यवहारिक रूपमा पूर्ण कार्यान्वयन नहुँदा जनतामा देखिएको निराशा देखिएको उनले बताए।
उनले माघी थारु र मगर समुदायका साथै सम्पूर्ण नेपालीको मौलिक पर्व भएको बताउँदै माघीले ऋतु परिवर्तनको समेत प्रतिनिधित्व गर्ने भएकाले विषेश महत्व रहेको बताए।
तस्बिरहरूः
-1705306051.jpg)
-1705306051.jpg)
-1705306052.jpg)
-1705306052.jpg)
-1705306051.jpg)
-1705306053.jpg)
-1705306053.jpg)