बलात्कार मुद्दामा आठ वर्ष कैद र एक लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन्।
लमही नगरपालिका–९ का ४० वर्षीय रवि घर्ती पक्राउ परेका हुन्।
दाङ जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गर्दै घर्तीलाई २०७८ साल पुस १६ गते आठ वर्ष कैद सजाय र नगद एक लाख जरिवानाको फैसला सुनाएको थियो।
त्यसपछि फरार रहँदै आएका घर्ती लुकिछिपी बस्दै आएका थिए।
गोप्य सूचनाका आधारमा लुकिछिपी बस्दै आएका घर्तीलाई लमही–९ बाट पुस २६ गते नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।
पक्राउ पछि पुस २९ गते घर्तीलाई अदालतमा उपस्थिति गराइएको र अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ।