त्रिशूली नदीमा गाडी खसेको आशंकामा ७ जना गोताखोर सहित २३ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ।
मुग्लिन प्रहरीका अनुसार मंगलबार बिहान ४ः५० बजे नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकैबाट गाडी खसेको सूचना स्थानीयले दिएका थिए।
लगत्तै प्रहरी पुग्दा नदीमा बत्ती बलिरहेको र नली किनारमा भारतीय नम्बर प्लेट देखिएको मुग्लिन प्रहरीका वरिष्ठ सई टंक सिवाकोटीले जानकारी दिए।
गाडी खसेको आशंकामा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ७ जना गोताखोरसहित १० जना र १७ नम्बर गण चितवनबाट कमान्डमा १३ जनाको फौजले बिहान ७ बजेबाट खोजी कार्य सुरू गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।