रोकिराखेको ट्रकमा मोटरसाइकलले ठक्कर दिँदा बर्दियामा एक जनाको मृत्यु भएको छ।
राजपुर नगरपालिका वडा नम्बर ५ बदलापुरका ३५ वर्षीय विन्द्राप्रसाद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार राति बदलापुरस्थित सडकमा रोकिराखेको ना ८ ख १३८५ नम्बरको ट्रकमा चौधरी सवार भे ७ प ६११ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो।
गम्भीर घाइते चौधरीलाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल गुलरियामा पुर्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।