दाङको दंगीशरण गाउँपालिकाको नयाँ प्रशासनिक भवनको उद्घाटन गरिएको छ।
बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य दीपक गिरीले पौने चार करोड रूपैयाँ लागतमा निर्माण गरिएको नयाँ प्रशासनिक भवन उद्घाटन गरेका हुन्।
नयाँ भवनमा ठूलो हृदयका साथ नागरिकको सेवामा लाग्न उनले आग्रह गरेका छन्।
‘सबै मानिस गौतम बुद्ध नहुन सक्छ,’ उनले भने, ‘तर पनि पालिकाको ठूलो भवनमा बसेर यहाँको समृद्धि र युवामा आशा पलाउने हिसाबले काम गर्न सक्नुपर्छ।’
यस्तै, गिरीले घोराहीमा चार लेन सडक निर्माणका लागि आगामी वैशाखसम्म ठेक्का लाइसक्ने उनले बताए।