जङ्गलमा सात वर्षीया बालिकामाथि बलात्कार गर्न चार जना बालकलाई लगाएको आरोपमा एक जना पक्राउ परेका छन्।
यो घटना दाङको हो।
प्रहरीले राजपुर गाउँपालिका वडा नम्बर ७ सिप्टाका ४३ वर्षीय सुकवीर कुमाललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
स्थानीय जंगलमा मंगलबार दिउँसो बस्तुभाउ चराउन गएको बेला ७ वर्षीया बालिकामाथि चार जना बालकलाई जबरजस्ती बलात्कार गर्न लगाएको जाहेरीका आधारमा कुमाललाई पक्राउ गरेको डिएसपी जनकबहादुर मल्लले बताए।
प्रहरीले यो घटनामा चार जना बालकलाई नियन्त्रणमा लिएको थियो। जसमध्ये दुई जनालाई जिल्ला अदालत दाङले हिरासतमा राख्न अनुमति नदिएपछि आफन्तको जिम्मा लगाइएको छ।
अन्य दुई बालक र कुमाललाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएकोमा म्याद सकेर बिहीबार पुन: अदालतमा उपस्थित गराउँदा ती दुई बालकलाई पनि अदालतले छाड्न आदेश दिएको थियो।
यो घटनामा कुमालमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ।