धारिलो हतियार प्रहार गरेर रूकुम पश्चिममा एक जना किशोरको हत्या भएको छ।
मुसिकोट नगरपालिका वडा नम्बर ११ काफलडाँडाका ३२ वर्षीय चन्द्रबहादुर पुनले परिवर्तन गाउँपालिका पाछावाङका १४ वर्षीय निर्मल डाँगीको हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मानसिक स्थिति ठिक नभएका पुनले निर्मल सुतिरहेको कोठामै गएर हत्या गरेका थिए।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल सल्ले पठाएको छ।
प्रहरीका अनुसार पुनले प्रहार गरेको खुकरी लागेर मुसिकोट नगरपालिका ११ का सुकलाल पुन घाइते भएका छन्।