गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेको छ।
आइतबार बसेको बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपी पदमा बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी भीम ढकालले जानकारी दिए।
एसएसपी मोहन पोखरेलले अवकाश पाएसँगै उक्त पद रिक्त थियो। सोही पदका लागि बस्नेतलाई सिफारिस गरिएको हो।
सिफारिसमा चित्त नबुझे निर्णयअघि उजुरी दिन सकिने व्यवस्था छ।