पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गएराति १० बजे कालीगण्डकी करिडोर सडक खण्ड अन्तरगत पिपलडाँडाबाट हुँगी तर्फ जाँदै गरेको ग १४ प ३७४ नम्बरको मोटरसाइकल सडक खण्डदेखि झन्डै दुई सय मिटर तल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
पाल्पाका प्रहरी प्रवक्ता इन्स्पेक्टर श्रीराम भट्टका अनुसार मृत्यु हुनेमा रम्भा गाउँपालिका – १ असर्दीका २८ बर्षीय हेमन्त जिटी छन्।
मृतकको शव पोष्टमर्टमका लागि रामपुर अस्पताल पठाएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर भट्टले जानकारी दिए।