तनहुँमा मिनि ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
आइतबार बेलुका ८ बजे तनहुँको देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकमा दमौलीबाट छिपछिपे जाँदै गरेको ग १ ख ४१८१ नम्बरको मिनि ट्रक बाँया साईडबाट सडक देखी अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको हो।
तनहुँ प्रहरीका अनुसार ट्रकमा तीन जना सवार थिए। दुर्घटनामा देवघाट गाउँपालिका-३ दगाराका ६५ वर्षीय नरबहादुर गुरूङ र ४५ वर्षीया बिमाया गुरूङको मृत्यु भएको छ।
ट्रकका चालक भने बेपत्ता रहेको प्रहरीले जनाएको छ। उनको खोजतलास कार्य जारी रहेको दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।