पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
रम्भा गाउँपालिका-१ भुमरस्थित कालिगण्डकी करिडोर सडकमा पिपलडाँडाबाट हुँगी जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीराम भट्टले जानकारी दिए।
आइतबार राति पौने १० बजे मोटरसाइकल सडकबाट दुई सय मिटर तल कालिगण्डकी किनारमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक रम्भा-१ अर्सदी बस्ने २८ वर्षीय हेमन्त जिटीको घटनास्थलमा मृत्यु भएको हो।
प्रहरीले शव पोटमर्टमको लागि रामपुर अस्पताल पाल्पामा पठाएको छ।