सशस्त्र प्रहरी नायब उपरीक्षक डाक्टर सौरभ श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी बल निशान प्रशंसापत्र प्रदान गरिएको छ।
प्रधान कार्यालय हलचोकमा आयोजित २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आज उनलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त पुरस्कार प्रदान गरेका हुन्।
उनलाई सशस्त्र प्रहरी बललाई प्राप्त विभिन्न कार्यादेशहरूको सम्पादन प्रभावकारी एवं उत्कृष्ट ढंगबाट गरी संगठनको गरिमा राख्ने कार्य गरेको भन्दै पुरस्कार प्रदाान गरिएको हो।
सो अवसरमा महानिरीक्षक अर्यालले एपिएफ सम्मान, उत्कृष्ट शिक्षालय, गण, गुल्म, ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड, राष्ट्रव्यापी खुला कविता प्रतियोगिताका उत्कृष्ट कविहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।