सिन्धुलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मंगलबार बेलुका पौने ८ बजे सिन्धुलीको भिमानमा प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो।
सिन्धुलीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवालका अनुसार डगाबाट भिमानतर्फ जाँदै गरेको उक्त ट्याक्टरले विपरीत दिशातर्फ जाँदै गरेको बा ५८ प ९१४१ र ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट बा ५८ प ९१४१ नम्बरमा सवार रौतहटको गुजरा नगरपालिका-२ का ६३ वर्षीय रणे तामाङ र ना ११ प ५७५ मोटरसाइकलका चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका ६३ वर्षीय विष्णुबहाजुर थिङ घाइते भएका थिए।
उनीहरूलाई मंगलबार नै उपचारका लागि सिन्धुली अस्पतालमा लगिएकोमा साढे ८ बजे तामाङको मृत्यु भएको एसपी सिलवालले जानकारी दिए। सामान्य घाइते भएका थिङ उपचारपछि डिस्चार्ज भइसकेका छन्।
ट्याक्टर चालक पुष्पलाल अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको एसपी सिलवालले जानकारी दिए।