बाँकेमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
बिहीबार बिहान कोहलपुर नगरपालिका–१४ पार्वतीपुरस्थित सडकमा भे १ ख ४०३३ नम्बरको मिनी बस र ना ५ ख ६५६६ नम्बरको ट्रक ठोक्किएका थिए।
दुर्घटना हुँदा ट्रकका सहचालक रूपन्देहीको देवदह नगरपालिका–६ खैरेनिका ३५ वर्षीय रामकृष्ण गोतामेको मृत्यु भएको हो। दुर्घटनापछि गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
दुर्घटनामा परी दुई जना घाइते छन्। उनीहरूको पनि कोहलपुरमा उपचार भइरहेको छ।
ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेपनि मिनी बसका चालक भने फरार छन्। उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
थप अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ।