समाज डेन्टल हस्पिटलको ९ औं शाखा कौशलटार भक्तपुरमा खुलेको छ।
‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २४ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको ९ औं शाखाले शनिबारदेखि कौशलटार भक्तपुरमा आफ्नो सेवा सुरू गरेको हो।
समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २४ औं वार्षिक उत्सवको अवसरमा कौशलटार भक्तपुरमा पनि सेवा दिने हेतुले शाखा विस्तार गरेको हो।
शनिबार एक विशेष कार्यक्रम गरी मध्यपुर थिमी नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णहरि आचार्यले सेवाको उद्घाटन गरेका हुन्।
उद्घाटनका दिन सम्पूर्ण सेवाहरूमा ५०% छुट र बाँकी माघ महिनाभरि १५% छुट दिने हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए।
हाल नयाँ बानेश्वर, जावलाखेल ललितपुर, राधेराधे भक्तपुर, सनसिटी पेप्सिकोला, बसुन्धरा, बौद्ध जोरपाटी, सीतापाइला र बनेपा काभ्रेमा सञ्चालित छ।