बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतीक प्रधानलाई नोना कोइराला पत्रकारिता पुरस्कार-२०८० प्रदान गरिएको छ।
आइतबार नोना कोइराला स्मृति प्रतिष्ठानले विराटनगरमा एक कार्यक्रमबीच प्रधानलाई पुरस्कृत गरेको हो।
उनलाई प्रतिष्ठानका अध्यक्ष पुनम कोइराला र नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पुरस्कार प्रदान गरे ।
प्रधान यसअघि कारोबार र नागरिक दैनिकमा प्रधानसम्पादक तथा काठमाडौं पोस्टमा सम्पादक थिए ।
उनी ३० वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।