ललितपुरमा जर्मन नागरिक मृत फेला परेकी छन्।
ललितपुर महानगरपालिका वडा नम्बर १६ स्थित ग्रिन तारा हेरिटेज अपार्टमेन्टको तेस्रो तलामा बस्दै आएकी जर्मन नागरिक मृत फेला परेकी हुन्।
उनी अन्दाजी ४४ देखि ५५ वर्षकी एडिलहाइड स्नेकनबर्गरको रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।
घटनाबारे बुझ्न एसपी कार्की घटनास्थल पुगेका छन्। महिलाको टाउकोबाट रगत बगेको देखिएको उनले बताए। उनी भुइँमा लडेको र नजिकै कुर्सी पल्टिएको अवस्थामा रहेको एसपी कार्कीले बताए।
अहिले फरेन्सिक टोली र तालिम प्राप्त कुकुरलाई बोलाउँदैछ।
दुई वर्षदेखि उक्त अपार्टमेन्टमा बस्दै आएकी उनी केही दिनदेखि बिरामी रहेको खुलेको छ।
उनले काभ्रेको नमोबुद्धमा योगा विश्वविद्यालय सञ्चालन गर्दै आएकी थिइन्।