मकवानपुरमा शौचालयमा बेहोस भएका एक जना युवकको मृत्यु भएको छ।
सोमबार मध्याह्न साढे १२ बजे हेटौंडा उपमहानगरपपालिका-९ एचआइडी बस्ने २५ वर्षीय युनेश काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
शौचालय प्रवेश गरेका उनी लामो समयसम्म पनि ननिस्किएपछि परिवारले बोलाएका थिए। तर नबोलेपछि ढोका फोडिएको थियो। त्यहाँ उनी बेहोस अवस्था फेला परेका थिए।
उपचारका लागि उनलाई मकवानपुर सहकारी अस्पताल लगिएको थियो। चिकित्सकले मध्याह्न १२:५५ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ग्यास गिजर खुला रहेको कारण निस्सासिएर उनको मृत्यु भएको हो।