सुनसरीमा बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्।
इनरूवा नगरपालिका-८ का २१ वर्षीय चिबु रिसिदेव पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले सोमबार साँझ पक्राउ गरेको हो।
चिबुले घरयासी लेनदेनको विषयमा माघ ११ गते ७० वर्षीय बुबा चिकचिलिया रिसिदेवलाई कुटपिट गरी घाइते बनाएका थिए।
घाइते भएका बुबाको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा सोमबार मृत्युभएपश्चात छोरालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।