सर्वोच्च अदालतको अन्तरिम आदेशपछि नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूको नियुक्ति रद्द भएको छ।
प्राधिकरणले विज्ञापन गरेका विभिन्न पदमा २०८० मंसिर २७, २८, २९ र पुस २१ मा नजिता प्रकाशन भएको थियो।
उक्त नतिजा तत्काल कार्यान्वयन नगर्नु/नगराउनु भनी विद्युत प्राधिकरणको नाममा माघ ८ गते सर्वोच्चले अन्तरिम आदेश दिएको थियो।
प्राधिकरणले एक सूचना जारी गरेर माघ १४ गते दिइएका नियुक्ति रद्द गरिएको उल्लेख गरेको छ।
प्राविधिक सेवा, इलेक्ट्रिकल समूह/उपसमूह तह ५, सुपरभाइजर पदहरूको नियुक्ति पत्र रद्द भएको प्राधिकरणले जनाएको छ।
सर्वोच्चबाट अर्को आदेश प्राप्त नहुन्जेलसम्मका लागि ती नियुक्ति रद्द गरिएको हो। विभिन्न पदमा ३० जनाभन्दा बढीले नियुक्ति बुझेका थिए।
