स्याङ्जाको विरूवा गाउँपालिकाले गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ।
विरूवा गाँउपालिकाको १४ औं गाँउसभाको अवसर पारेर सोमबार लोगो सार्वजनिक गरेको हो।
पालिकाको ऐतिहासिक धार्मिक, पुरातात्विक महत्वका क्षेत्रहरू समेटेर वडा -५ को जीवन वाग्लेले लोगो तयार पारेको पालिका अध्यक्ष सूर्य कुँवरले जानकारी दिए।
'लोगोको माथिल्लो भागमा गाउँपालिकाको नाम र तल्लो भागको रिवनमा पालिकाको ठेगानासँगै धान र गहुँको बाला छ,' अध्यक्ष कुँवरले भने।
उनका अनुसार गाउँपालिकामा पाइने सबै स्रोत प्रष्ट समेटिने गरी प्रतिनिधिमूलक ढंगबाट गाउँ सभाबाट पारीत भएपछि औपचारीक रूपमा लोगो तयार पारिएको हो।